दिपक र लालमाया को गितमा रामजी र करिश्माको रोमान्स (भिडियो सहित )

प्रकाशित मिति:

बुटवल -लोक दोहोरी गायक तथा गीतकार दीपक दर्लामी मगर र गायिका लालमायाँ थापाले सँयुक्त स्वरमा नयाँ गीत चरी कहाँ बस्यो‘बजारमा ल्याएका छन् ।यी दुई कलाकारले यो गीतको भिडियो पनि रिलिज गरेका छन् । यस गीतको शब्द, संगीत पनि दीपकको आफ्नै हो । दीपक र लालमायाँलाई समुहिक स्वरमा नारायण पाण्डे र सिमरन श्रेष्ठले साथ दिएका छन् । जसमा कृष्ण भान्जाको संगीत संयोजन र बिमल छिनालको रेकर्डिङ रहेको छ ।

सुमार्ग फिल्मस्को प्रस्तुति रहेको यो गीतको भिडियोमा अहिले चर्चामा रहेकी मोडल करिश्मा ढकाल र गायक एवम् मोडल रामजी खाँड छन् । यी दुबैको नृत्य निकै आकर्षक बनेको छ । गीत अनुसारको नृत्य भएकै कारण चरी कहाँ बस्यो‘को भिडियोले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ ।काजिस श्रेष्ठले निर्देशन गरेको यो गीतको भिडियोलाई सागर गौतमले खिचेका हुन् । जसमा दीपक बिष्टको सम्पादन रहेको छ ।  हेर्नुहोस सोहि भिडियो | गितको सफलताको शुभकामना |