युक्रेनका नयाँ राष्ट्रपतिले भने कार्यालयमा मेरो होईन आफनो सन्तानको तस्बिर राख्नु

प्रकाशित मिति:

एजेन्सी । भर्खरैमात्र युक्रेनका राष्ट्रपतिमा चयन भएका हाँस्य कलाकार भोलोदिमिर जेलेन्स्कीले देशभर रहेका कार्यालयमा आफनो तस्बिर नराख्न निर्देशन दिएका छन् । राष्ट्रपति पदमा निर्वाचित भएको एक महिनापछि पद तथा गोपनियताको सपथ ग्रहण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । चर्चित हाँस्य कलाकारको रुपमा धेरैको मन जितेका भोलोदिमिरले कार्यालयमा उनले आफनो नभई विभिन्न कार्यालयको जिम्मेवारी सम्हाल्नेहरुलाई आफनो सन्तानको तस्बिर राख्न भनेका हुन् ।

राष्ट्रपतिको कार्यभार सम्हाल्दै उनले भने “कार्यालयहरुमा मेरो होईन तपाईहरुकै तस्बिर हेर्न चाहान्छु । राष्ट्रपति न त कुनै आईकन हो , नत मुर्ती हो राष्ट्रपति न त पोट्रेट नै हो। त्यो ठाउँमा तपाईंका बच्चाहरुका तस्बिर राख्नुहोस अनि हरेक निर्णयहरु गर्नुअघि उनीहरुको आँखामा हेर्नुहोस । उनले यस्तो अभिव्यक्ति दिएपछि उनको युक्रेन भरी चर्चा भईरहेको छ । ४९ वर्षिय भोलोदिमिरको जीतले युक्रेनमा एउटा तरंग नै ल्याईदिएको थियो किनकी उनले आफनो चुनावी घोषणा पत्रमा कुनै पनि ठुला ठुला बाचा र योजनाहरु थिएनन् । अझ भनौ उनले आफनो क्रेज  स्टारडम र आफनो हसाउँने कलाकै भरमा उनले राष्ट्रपतिय चुनाव जिते ।

उनले तत्कालीन राष्ट्रपति पोरोसेन्को नै पराजित भएका थिए । उनको कार्यकालमा युक्रेनी जनताहरुको जीवनस्तरमा सुधार नआएको  भ्रष्टचार बढेको लगायतका बिषयहरुमा त्यहाँका जनताहरु असन्तुष्ट थिए । युक्रेनमा रुसको प्रभाव निकै पर्ने गरेको छ त्यसैले त्यहाँको राष्ट्रपति कार्यकाल निकै कठिन मानिने गर्छ । यस्तोमा पर्दामा दर्शकहरु हसाएरै मन जितेका भोलोदिमिरले राजनितीमा त्यसमाथि पनि राष्ट्रपतिय पदमा रही कस्तो भूमिका निर्वाह गर्लान् त्यो विश्वले चासोका साथ हेरिरहेको हुनेछ ।