प्रतिनिधी सभावाट तिन वटा विधेयक स्वीकृत

काठमाडौ

प्रकाशित मिति:

काठमाडौ । प्रतिनिधि सभाबाट आज तीन वटा विधेयक स्वीकृत भएको छ । प्रतिनिधि सभाको आज बसेको बैठकले वन विधेयक, वातावरण संरक्षण विधेयक र भूमी सम्वन्धी आठौं संसोधन विधेयक स्वीकृत भएको हो । सरकारले हिजाको बैठकमा टेबल गरेको सो विधेयकमाथि आज सैद्धान्त्कि छलफल भएको हो । वनलाई व्यवस्थित बनाउन सो विधेयक ल्याएको सरकारले जनाएको छ । छलफलका क्रममा वनलाई व्यवस्थित बनाउनुपर्ने तथा वनबाट मुलुक र जनताले फाइदा लिनसक्ने गरी ऐन बनाउनुपर्ने सांसदले बताएका छन् । नीजि वन दर्ता प्रक्रिया झन्झटिलो रहको भन्दै उनीहरुले त्यसलाई सरल बनाउन सुझाव दिएका छन् ।

मुलुकको ४४ प्रतिशत भु–भाग वनले ओगटेको भएपनि सोचमा परिवर्तन नआएका कारण व्यवस्थित बनाउन नसकेको सांसदको भनाई छ । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदले उठाएका प्रश्नको जवाफमा वन तथा वातावरणमन्क्री शत्ति बस्नेतले वनलाई व्यवस्थित बनाउन नै सरकारले विधेयक अघि बढाएको बताउनुभयो । भोलिका पूस्ताले पनि लाभ लिन सकोस भनेर उपयोगितालाई पनि ध्यान दिएको उहाँको भनाई थियो । यस्तै ध्वनी जल र वायु प्रदुषण कम गरी वातावरण स्वच्छ बनाउन वातावरण सम्वन्धी विधेयक ल्याएको मन्त्री बस्नेतले बताउनुभयो ।