धेरैलाई थाहा नहुन सक्छ गायत्री मन्त्रको अर्थ यस्तो छ

प्रकाशित मिति:

एजेन्सी -हामी धेरैलाई गायत्री मन्त्र के हो भन्ने थाहा भएपनि यसको अर्थ थाहा नहुन सक्छ । पहिलापहिला व्रतबन्ध गरेका ब्राह्मण र क्षेत्रीहरूले मनमनै गायत्री मन्त्र पढ्ने गर्थे । द्विजसंस्कार गरिएको ब्राह्मणले दिनदिनै गायत्री मन्त्र अनिवार्य रूपमा जपनबथबतचष्गर्नुपर्छ भनी शास्त्रले बताएको छ । अचेल भने गायत्री मन्त्र गोप्य रहेन । विद्यालयहरूदेखि लिएर पानपसलसम्म पनि गायत्री मन्त्र बजाइने गरेको पाइन्छ ।

गायत्री मंत्र स् ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्अर्थ स् ९ॐ० यो प्रभुको मुख्य नाम हो । त्यो प्राणहरूको प्राण ९भूः०, दुःखनाशक ९भुवः० सुखस्वरूप ९स्वः० हो । त्यो तत् सकल जगतका उत्पादक सवितुः०, प्रभुको ९देवस्य० ग्रहणयोग्य ९वरेण्यं०, विशुद्ध तेज ९भर्गः० लाई हामी धारण गरौं धीमही० जुन प्रभु ९यः० हाम्रो ९नः० बुद्धिहरूलाई ९धियः० असल मार्गमा प्रेरित गरून् ९प्रचोदयात्० ।

सजिलो गरी भन्दा, सृष्टिकर्ता प्रकाशमान परमात्माको प्रसिद्ध तेजको हामी ध्यान गर्छौं । ती परमात्मा हाम्रो बुद्धिलाई असल मार्गतर्फ प्रेरित गरून् ।गायत्री साधनाद्वारा आत्माको शुद्ध स्वरूप प्रकट हुन्छ र अनेक ऋद्धि र सिद्धिहरू उपलब्ध हुन्छन् । गायत्री साधनामार्फत साधकले सांसारिक सुख एवं आत्मिक आनन्द प्राप्त गर्दछ । गायत्री मन्त्रका अक्षर यस्तो विचित्र र रहस्यमय छ कि यसको उच्चारण मात्रले पनि जिभ्रो, घाँटी एवं तालुमा भएका नाडी र तन्तु अद्भुत क्रममा सञ्चालन हुन थाल्छन् ।गायत्रीको जपबाट अनायास एक महत्वपूर्ण योग साधना हुन थाल्छ र गोप्य शक्तिकेन्द्रको जागरणबाट साधकलाई आश्चर्यजनक लाभ हुन थाल्छ ।