गण्डक अस्पतालमा तनाव : अस्पताल परिसरमा प्रदर्शन

७ जेष्ठ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
21 Shares


वीरगञ्ज । वीरगञ्जको गण्डक अस्पतालमा उपचारको क्रममा डेढ वर्षीय बालकको मृत्यु भएपछि तनाव भएको छ । उपचारमा भएकोे लापरबाहीले बालकको मृत्यु भएको भन्दै अभिभावक र आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् ।

बहुदरमाई नगरपालिका–१ विश्रामपुर स्थित शिवटोलका श्रीराम महत्तो कोइरीको डेढ वर्षीया छोरा सुजित कोइरीको उपचारका क्रममा बिहान मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो ।

साँझपख स्थिति झनै तनावपूर्ण बनेको थियो । प्रहरीले प्रदर्शनमा उत्रिएकाहरुलाई लाठीचार्ज गरेर भगाउन खोज्दा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच घम्सा घम्सी नै चलेको थियो । प्रदर्शनकारी तोडफोडमै उत्रिएपछि लाठी चार्ज गर्नुपरेको प्रहरीले जनाएको छ । प्रहरीले प्रदर्शनमा उत्रिएका प्रभादेवी, रामअयोध्या महतो, कृष्णा महतो, राहुल गुप्ता लगायत ७ जनालाई नियन्त्रणमा लिएको र आफूहरुलाई अस्पतालको गेट बाहिर राखेको सुजितको मामा विक्की महतोले बताए । घटनाको छानबिन हुनुपर्ने र चिकित्सक दोषी देखिए कारबाही हुनुपर्ने बालकको आफन्तको माग छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया