अर्घाखाँचीमा बस दुर्घटना हुँदा १५ जना घाइते

प्रकाशित मिति:

अर्घाखाची -जिल्लाको सुपा देउराली दर्शन गरेर फर्कँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन ।अर्घाखाँचीको सुपा देउराली दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको लु १ ख ७९४१ नम्बरको बस शितगंगा नगरपालिका–२, भुवनपाटामा दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।

घाइतेको उद्धार कार्य जारी छ । घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लगिँदै छ ।