मनाङेको फिल्म ‘पोइ पर्‍यो काले’ को शुभ मुहूर्त

प्रकाशित मिति:

काठमाडौँ -फिल्म ‘पोइ पर्‍यो काले’ को शुभ मुहूर्त सोमबार भएको छ ।फिल्ममा तीन जोडी कलाकारहरुको अभिनय हुनेछ । पछिल्लो समय निकै चर्चित जोडि अभिनेता अकाश श्रेष्ठ, पूजा शर्मा, रियल जोडि सौगत मल्ल, अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ, अभिनेता शोहित मानन्धर र अभिनेत्री सुरक्षा पन्त रहनेछन् ।

शिशिर राणाका लेखन तथा निर्देशन रहेको यो फिल्मलाई दीपक मनाङेले निर्माण गर्ने भएका छन् । गुन्डा नाइके भनेर चिनिने मनाङेले फिल्म ‘पोइ पर्‍यो काले’मा लगानी गर्न लागेका हुन् ।यो फिल्ममा किरण नेपाली र रघू परियार कार्यकारी निर्माताका रुपमा रहने छन् । फिल्म कात्तिक ८ गते प्रदर्शनमा आउदैछ ।