गायिका नेहा कक्कड जेठ अन्तिममा काठमाडौं आउँदै

प्रकाशित मिति:

काठमाडौँ -भारतीय ख्यातीप्राप्त गायिका नेहा कक्कड पहिलोपटक काठमाडौं आउने भएकी छिन् ।नेहाले २५ सय दर्शक माझमा ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स एलओडी मा आगामी जेठ २५ गते शनिवार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् ।

पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो ।आयोजक संस्थाका प्रमुख दिपक घिमिरे तथा जनार्दन ढुंगेलद्वारा जारी विज्ञप्तीमा जनाइए अनुसार कक्कड़को लाइभ जेठ २५ गते शनिवार राती ८ बजेपछि प्रारम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउनका लागि गायिका कक्कड जेठ २४ गते शुक्रवार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं आउने छिन् ।कक्कडको ब्याण्डका संगीतकर्मी तथा यसै सिजनको ईन्डियन आईडलका टप टेन प्रतिस्पर्धिहरु समेत कुल १८ जना संगीतकर्मीहरुको समुहले नेहा कक्कड लाइभमा आफ्नो शानदार प्रस्तुती दिने आयोजक संस्थाका सञ्चालक जनार्दन ढुंगेलले बताएका छन् ।