तपाईं कुन गणमा पर्नुहुन्छ देव, मनुष्य वा राक्षस ?

प्रकाशित मिति:

एजेन्सी -ज्योतिषशास्त्रअन्तर्गत प्रत्येक मनुष्यलाई तीन गणमा विभाजित गरिएको छ । ती हुन् देवगण, मनुष्यगण र राक्षसगण । गणको आधारमा मनुष्यको स्वभाव र चरित्र पनि बताइएको छ ।जन्मको समयको नक्षत्र अनुसार व्यक्तिको गण निर्धारित हुन्छ ।देवगणमा भएको मनुष्य दानी, बुद्धिमान्, कम खानेखालको र कोमल हृदय भएको हुन्छ । यस्तो व्यक्तिको विचार उत्तम हुन्छ । ऊ आफ्नोभन्दा अरूको हित सोच्छ ।

मनुष्यगणको व्यक्ति धनी हुन्छ । उसका ठूलठूला आँखा हुन्छन् र उसले समाजमा सम्मान पाउँछ । मानिसहरू उसका कुरा पत्याउँछन् ।राक्षसगणमा पर्ने व्यक्तिहरूसँग सकारात्मक र नकारात्मक दुवैथरी शक्ति हुन्छन् । उनीहरूले नराम्रो शक्तिको छिट्टै आभास पाउँछन् । यस्ता व्यक्तिको सिक्स्थ सेन्सले राम्रो काम गर्छ र उनीहरू नकारात्मक परिस्थितिमा डराउनुको साटो त्यसलाई सामना गर्छन् । यस्ता व्यक्तिको इच्छाशक्ति बलियो हुन्छ र उनीहरू स्वच्छन्द तरिकाले बाँच्छन् ।अश्लेषा, विशाखा, कृत्तिका, मघा, ज्येष्ठा, मूल, धनिष्ठा, शतभिषा नक्षत्र मा जन्मिएका मानिसहरू राक्षसगणमा पर्छन् ।