मन्दिरमा घन्टी बनाउनुका धार्मिक तथा वैज्ञानिक कारण

८ जेष्ठ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी -हिन्दू धर्ममा प्रत्येक धार्मिक अवसरमा अवश्य घन्टी बजाइन्छ । घन्टीको आवाज त प्रत्येक मन्दिको पहिचान हो र प्राचीन समयदेखि नै मन्दिरमा घन्टी बजाउने परम्परा छ ।मन्दिरमा घन्टी जडान गर्नु र बजाउनुको धार्मिकका साथसाथै वैज्ञानिक कारण पनि छ ।

देवीदेवताको आरती घन्टनाद विना पूरा हुँदैन । घन्टीको ध्वनिले मन, मस्तिष्क र शरीरलाई सकारात्मक ऊर्जा दिन्छ । मन्दिरमा आरती हुँदा घन्टीको आवाजले मानिसको मनमा भक्तिभाव जाग्छ ।मन्दिरमा राखिएका सानाठूला घन्टीका आवाजले वातावरणलाई शुद्ध बनाउँछन् । घन्टीबाट निसकने ध्वनि चमत्कारी हुन्छ । हावामा भएका सूक्ष्म कीटाणु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छन् । मन्दिरमा लगातार घन्टी बजाउँदानिस्कने ध्वनिले हानिकारक सूक्ष्म कीटाणुलाई नष्ट गरिदिन्छन् ।

घन्टीको आवाजले नकारात्मक ऊर्जाको असर बेकामे बनाइदिन्छ असन सकारात्मक वातावरण निर्माण गरिदिन्छ । घन्टीको आवाजले एकाग्रता बढाउँछ, मन शान्त हुन्छ, चिन्तन गर्ने क्षमता बढ्छ, धार्मिक विचार जन्मिन्छ र बुद्धि विकास हुन्छ ।नियमित रूपमा आरती गर्दा र लगातार घन्टी बजाउँदा मन्दिरमा स्थापित देवीदेवताका प्रतिमा चैतन्य हुन्छन् । यी प्रतिमाको पूजा बढी प्रभावशाली र शीघ्र फलप्रदायक हुन्छ । पुराणहरूमा बताइएअनुसार, मन्दिरमा घन्टी बजाउँदा अनेकौं जन्मका पाप नष्ट हुन्छन् । सृष्टिको प्रारम्भ हुँदा सुनिएको आवाज त्यही घन्टीको ध्वनि हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण