कांग्रेस नेता भण्डारी जनजागरण अभियान अन्तर्गत सैनामैनामा

प्रकाशित मिति:

सुरेन्द्र परियार,प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत क्रियाकलापको विरोध गर्नेदेखि कार्यकर्तालाई चलायमान बनाउनेसम्मका विभिन्न १४ उद्देश्यसहित तीन चरणमा देशभर जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरे अनुरुप रुपन्देहीको सैनामैनामा पनि आज जनजागरण अभियान आयोजना गरिएको छ ।

सैनामैनाको मुर्गिया स्थित ग्लोबल पार्टि प्यालेसमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले सम्बोधन गर्नुहुने छ । कार्यक्रममा पार्टिका नेता कार्यक्रता, सुवेच्छुक सबैलाइ सहभागिताका लागी सैनामैना नगर सभापति राम प्रसाद अधिकारीले आग्रह गर्नुभयो । अभियानमार्फत महासमितिबाट पारित विधानसहितका दस्ताबेजबारे कार्यकर्तालाई सुसूचित गर्ने, नेता कार्यकर्ताबीच एकता बढोत्तरी गर्ने, जागरण अभिवृद्धि गर्ने, कांग्रेसको अगुवाइमा भएका राजनीतिक उपलब्धि जनताबीच सम्प्रेषण गर्ने, संविधान संशोधनबारे जनमत सिर्जना गर्नेलगायतका १४ उद्देश्य कांग्रेसले लिएको छ ।