जिल्ला प्रशासन कार्यालयमा डिजिटल नागरिक वडापत्र शुरुभएपछि सेवाग्राहीमा खुशि

प्रकाशित मिति:

जिल्ला प्रशासन कार्यालय गुल्मीले डिजिटल नागरिक वडापत्र शुरु गरेपछि आजभोली कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई थप सजिलो बनेको छ । विभिन्न कामका लागि प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरु कामका लागि अल्मलीन नपरोस् र उनीहरुले डिजिटल वडापत्रको माध्यमवाट सजिलै रुपमा सम्बन्धित फाँटहरुमा पुगेर छिटो छरितो रुपमा काम गर्न सकुन् भन्ने उद्देश्यले डिजिटल नागरिक वडा पत्र शुरु गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
जिल्ला प्रशासन कार्यालयमा वर्षौदेखि नागरिक वडापत्र राखिए पनि सेवाग्राहीहरुले कहिल्यै पनि उक्त वडापत्र हेर्ने तर्फ कहिल्यै नजर पुराएका थिएनन् । तर कार्यालयले डिजीटल वडापत्र राखेपछि अहिले प्रशासन कार्यालयमा सेवा लिन पुग्ने जो कोहीले पनि एकपटक उक्त जिीटल नागरिक वडापत्र तर्फ नजर पुराउने गर्दछन् ।
डिजीटल नागरिक वडापत्रवाट एकातिर सेवाग्राहीहरुलाई पटक पटक सोधिरहनु पर्ने जस्ता झन्झटवाट मुक्त हुने र अर्कोतिर सेवा लिनका लागि पनि अल्मलमा नपरि सरासर सम्बन्धित फाँटहरुमा पुग्न समेत सहज बनेको छ ।
जिल्ला प्रशासन कार्यालयले यही साउन एक गतेदेखि उक्त डिजीटल नागरिक वडापत्र शुरु गरेको हो । उक्त वडापत्रमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष सहित ११ वटा शाखाहरुवाट उपलब्ध हुने सेवाप्रवाह सम्बन्धमा जानकारी दिईएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आउने कतिपय सेवाग्राहीहरुले उक्त डिजीटल वडापत्र पढ्न नसक्ने भएका कारण उक्त समस्याको समाधानका लागि कार्यालयमा हेल्पडेस्क स्थापनागरि सेवा प्रवाहमा थप सहजता प्रदान समेत गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनले सेवाग्राहीहरुलाई सहज रुपमा सेवा प्रवाह गरि विचौलीया विहिन जिल्ला प्रशासन कार्यालय बनाउने अभियानमा शुरु गर्न लागेको वताएका छन् ।
सेवा लिन आउने सेवाग्राहीहरुलाई बाहिर राहदानीको फाराम भरेको र फोटो खिचेको शुल्क पनि महंगो लिने गरेको गुनासो आएको भन्दै उक्त समस्यालाई तत्कालै समाधानका लागि सम्बन्धित व्यवसायीहरुलाई राखेर छलफलगरि न्यूनतम दररेट कायम गर्न लागेको पनि उनले प्रमुख जिल्ला अधिकारीले बताउँनु भयो ।