संसदीय दलका उपनेता नेम्वाङलाई महासंघको ध्यानाकर्षणपत्र

प्रकाशित मिति:

काठमाडौं – सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक सच्याउन माग राख्दै आन्दोलन गरिरहेको नेपाल पत्रकार महासंघले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको छ ।

बुधवार महासंघले नेकपा संसदीय दलका उपनेता नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।