बुटवलमा रहेको युवती बेच्ने होटलका संचालक नियन्त्रणमा !

८ जेष्ठ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
149 Shares


बुटवल –  लागु औषधमा मात्र ध्यान केन्द्रीत गरेर अनुसन्धानमा लागेको प्रहरी, रुपन्देहीमा युवतीहरुको पसल राखेर होटल होटलमा सप्लाई गरिने घटना फेला परेपछि झस्केको छ । बुटवलमा रहेको एक सानो होटलबाट ठुला ठुला होटलहरुमा समेत युवती सप्लाई हुने गरेको तथ्य प्रहरीले हात पारेको छ ।

बुटवल कालिकानगर स्थित राप्ती मेनु होटलबाट जव एक जना १५ बर्षिया नाबालिक हरेक दिनको यौन शोषणको पिडा सहन नसकेर भागिन त्यसपछि बुटवलमा फस्टाएको यौन धन्दाको पर्दाफास भएको हो । गरिबीका कारण होटलमा भांडा माझ्न बसेकी किशोरीलाई होटलसंगै अन्य होटलमा समेत यौन सम्पर्कका लागि पठाउन थालिएपछि किशोरी भागेर घर गएकि थिईन् । घरमा आमासंग आफुले भोगेको पिडा सुनाउंदा समेत परिवार प्रहरीकोमा नगएर किशोरीलाई काम गर्न भारत पठाउने क्रममा नेपाल भारत सिमाबाट उद्धार गरेर प्रहरीमा बुझाईएपछिमात्र किशोरीको पिडा र बुटवलमा चलेको धन्दा सार्वजानीक भएको हो ।

प्रहरीका अनुसार राप्ती मेनु होटलमा किशोरी र युवतीहरु जम्मा गर्ने र बुटवलमा बिभिन्न होटलहरुमा यौनधन्दाका लागि पठाउने गरिएको थियो । किशोरीको बयानमा पनि हाफुलाई गाडीमा राखेर अग्ला घर भएको एसी चल्ने होटलमा पठाईएको ब्यहोरा आएको प्रहरीले जनाएको छ । किशोरीको बयानका आधारमा प्रहरीले होटल संचालक दम्पत्ती टेकबहादुर कुंवर र मिना कुमारी कुंवरलाई नियन्त्रणमा लिएको छ । प्रहरी यौनधन्दा नियन्त्रण गर्न र समाजमा बिकृतिलाई न्युनिकरण गर्न सक्रियतापुर्वक लागेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक हृदय थापा बताउंछन् ।

प्रहरीको सक्रीयतालेमात्र यौन धन्दा नियन्त्रण नहुने बताउंदै एसपि थापाले समाजमा रहेको नागरिकहरुको सहकार्य र सक्रियतामा प्रहरीले यस्ता धन्दामा नियन्त्रण गर्न सक्ने बताउंछन् । कुंवर दम्पत्तीले युवतीहरुलाई एक पटक सम्पर्क गरेको १ हजार ५ सय र रातभरी बसेको ६ हजार सम्म लिने गरेको एसपी थापाले बताए । उद्धार गरिएकी किशोरीलाई भने एक पटक ३हजार ५ सय र एक पटक एक हजार ५ सय मात्र दिएको किशोरीले बताईन् । प्रहरी उपरिक्षक थापाले किशोरीको बयानका आधारमा यौनधन्दाको बिषयमा गम्भीर अनुसन्धान गरिने बताएका छन् ।

तस्बिर : दिनेश कुमार श्रेष्ठ

फेसबुकबाट तपाईको प्रतिक्रिया