बस बगाउँदा घाइते भएकाहरुको उपचारमा कमी हुन नदिन तुल्सीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेको अस्पताल प्रशासनलाई निर्देशन

प्रकाशित मिति:

दाङको गुहारखोलाले आइतबार साँझ बस बगाउँदा घाइते भएकाहरुको उपचारमा कुनै कमी हुन नदिन तुल्सीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेले अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ । घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका पाण्डेले गम्भिर घाइतेहरुहरुलाई तत्काल उपचारका लागि अन्य अस्पतालमा लैजान निर्देशन दिनुभयो । घाइतेहरुको उपचारमा समस्या परे उपमहानगरपालिकाले सहयोग गर्ने आश्वासन उहाँले दिनुभयो । धनगढीबाट तुलसीपुर आउदै गरेको ना ४ ख ८१३६ नम्बरको यात्रुबहाक बस आइतबार साँझ दुर्घटनामा परेको थियो । दुर्घटनामा ११ जना घाइते भएका थिए । घाईतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।
नगरप्रमुखले गुहारखोलाको पनि निरिक्षण गर्नुभएको थियो । समयमै पुल नबन्दा हरेक बर्षा समयमा दुर्घटना हुने गर्दछ । पानी आएपछि सवारी साधानहरु खोला ओहोर ओदोर गर्न सक्दैनन् । मेयर पाण्डेले यात्रुहरुका लागि वैकल्पि व्यवस्था गरेर गन्तव्यमा जाने व्यवस्था मिलाइने बताउँनुभयो । सरकारले समयमै पुल निर्माण गर्न नसक्दा दुर्घटना भएको भन्दै समयमै आवश्यक संरचना निर्माण गर्न सबैले खवरदारी गर्नुपर्ने वताउनुभयो ।
यता प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले दाङको तुलसीपुर–घोराही सडक खण्ड अन्तगरगत पर्ने ग्वार खोलाले बस बगाएको बिषयमा संसदमा ध्यानाकर्षण गराउनुभएको छ । समयमै पुल निर्माण नहुँदा बर्षेणी यस्तो शास्ती भोग्नु परेको भन्दै नेकपाकी सचेतक समेत रहनुभएकी चौधरीले समयमै पुल निर्माणको कार्यलाई पूर्णता दिन संसदमार्फत सरकारलाई ध्यानाकर्षण गराउनुभएको हो । आउदा बर्षमा यस्तो अबस्था भोग्नु नपर्ने अबस्थाको शिर्जन गर्न उहाँको माग थियो । समयमै पुल निर्माण नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन समेत सरकारसंग माग गर्नुभयो ।