रिभरसाईड युवा क्लबले मनायो भलिबल दिबस

प्रकाशित मिति:

कञ्चन रिभरसाइड युबा क्लब,कञ्चन (४,रुपन्देहीले भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरेको दुई बर्ष पूरा भएको शुभ अवसरमा भलिबल दिवस मनाएकोछ।नेपाल सरकारले बि।सं।२०७४ जेठ ८ गतेका दिन भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेको थियो।

कञ्चन गाउपालिका वार्ड नं।४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीको प्रमुख आतिथ्यता,जिल्ला भलिबल संघ,रुपन्देहीका कोषाध्यक्ष तुल बहादुर थापाको विशेष आतिथ्यतामा दिवस मनाइएको हो।कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चन गाउपालिका वार्ड नं।४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले खेलकुद स्वास्थ्यको लागि निकै राम्रो हुने र खेलकुदको माध्यमबाट आफ्नो गाउँ र देशको पहिचानका लागि युवाहरु लाग्नु पर्ने उल्लेख गर्दै खेलकुदको बिकासको लागि स्थानिय सरकारले विशेष चासो लिएर लगानी गर्ने बताउनु भएकोछ।

यस्तै जिल्ला भलिबल संघ,रुपन्देहीका कोषाध्यक्ष तुल बहादुर थापाले देशमा सबै भन्दा धेरै खेल खेलिने भलिबल भएर पनि लामो समय सम्म देशको राष्ट्रिय खेल भनेर कुनै खेलको पनि पहिचान बन्न नसकेको सन्दर्भमा ढिलै भए पनि सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरि देशको पहिचान भलिबल खेलबाट पनि हुने बताउनु भएकोछ।यसैगरी भलिबल खेलका राष्ट्रिय रेफ्री राम बहादुर थापाले भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा घोषणा हुनु हरेक भलिबल खेलाडीको लागि खुशीको कुरा भएको बताउनु भएकोछ।भलिबल खेलाडी र निर्णायकहरुको सहभागिता रहेको कार्यक्रममा कञ्चनको खेलकुद प्रतियोगितामा प्रायोजन गर्दै आइरहेका विभिन्न प्रायोजकहरुको समेत सहभागिता रहेको थियो। फुडल्याण्ड पार्टी प्यालेसमा भएको कार्यक्रममा भलिबल खेलका राष्ट्रिय रेफ्री राम बहादुर थापाले रिभरसाईड युबा क्लबलाई एक एक थान भलिबल र जाली प्रदान समेत गर्नु भएको थियो।