कृष्णनगर नगरपालिका तथा के.अाई नेपाल बिच समझदारी :

प्रकाशित मिति:

मनिष गुप्ता कपिलवस्तु २१ साउन मानव बेचबिखन तथा लैङ्गिक हिंसा बिरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको सस्था के.आई नेपालसंंग कृष्णनगर नगरपालिकाले सहकार्य गरि मानव बेचबिखन नियन्त्रण गर्नका लागि कर्मचारी परिचालन गर्ने भएको छ । बिगत एक दशक देखि यसै क्षेत्रमा कृयाशिल रुपले काम गर्दै आएको सस्था के.आई नेपाल संंग समन्वय तथा सहाकार्य गर्दै अगाडि बढ्ने सम्झौता गरिएको छ । कृष्णनगर नगरपालिका सिमा नाका संंग जोडिएको कारण बिगतका दिनमा के.आई नेपालले गरेका प्रयास बाट आएको परिणाम ले यस सामाजिक अभियानमा कृष्णनगर नगरपालिका तत्पर रहेको र सरकारको पनि मुख्य दाहित्व भएको कारण उक्त अभियानमा सहकार्य गर्न लागेको नगर प्रमुख रजत प्रताब साह ले बताउनु भयो । के.आइ नेपाल को बिगतको काम सराहनीय भएको र आगामी दिनमा राज्यका चेलिबेटीलाई अझ संरक्षण र उद्दार कार्यमा तिब्रता पाओस नगरपालिकाका प्रशासनिक अधिकृत गणेश अर्याल ले बताउनु भयो । यस सिमा नाका मानब तस्कर प्रयोग गर्ने हुँदा नगरपालिका को पनि दयित्व रहेकाे बताउनुभयो । नगरपालिकाले मानव बेचबिखन न्यूनीकरणमा जुन किशिमको भुमिका खेलेको छ त्यसले काममा हौसला थपिएको के.आई नेपालका जिल्ला सयोजक केसर बिशकर्माले जानकारी दिनुभयो ।