प्रभासको ‘साहो’ मा सलमानको केमियो

प्रकाशित मिति:

काठमाडौँ -बाहुबलीु फेम एक्टर प्रभासको नयाँ फिल्म ‘साहो’ सँग जोडिएको एक खबरले बलिउडमा ठूलो हलचल मच्चाएको छ । यो बलिउड सुपरस्टार सलमान खानका फ्यानका लागि कुनै ट्रीटभन्दा कम हुने छैन । खबरअनुसार, प्रभासको एक्सन ड्रामा ‘साहो’ मा दबंग खानले केमियो गर्न सक्नेछन् । यो फिल्मका मेकर्सले सलमानलाई गेस्ट अपीयरेन्सका लागि अप्रोच गरेका छन् ।

फिल्मको छायांकन पूरा भइसकेको छ । पोस्टर र टिजर सार्वजनिक भइसकेको छ । भने, यस वर्षको अगस्ट १५ मा फिल्म रिलिज हुँदैछ । यदी सलमानले केमियो रोल गर्न राजी भएको खण्डमा उनको पार्ट सुट गरेर फिल्ममा जोडिने छ । नील नितिन मुकेश साहोमा महत्त्वपूर्ण भूमिकामा छन् । उनी भिलेनको रोलमा छन् । उनले नै मेकर्सलाई सलमानको नाम सुझाएका हुन् । मंगलवार प्रभासले फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा उनी मात्रै फिचर्ड छन् । ‘साहो’ लाई सुजीतले निर्देशन गरेका हुन् । प्रभास र नील नितिनका अलावा फिल्ममा श्रद्धा कपूर, मन्दिरा बेदी, ज्याकी श्राफ, महेश मान्जरेकर, चंकी पान्डेको पनि प्रमुख भूमिका छ । यसको बजेट १५० करोड बताइएको छ । यो फिल्म तेलुगू, तमिल र हिन्दीमा रिलिज हुनेछ ।

‘साहो’ एक थ्रिलर सस्पेन्स फिल्म हो । फिल्मले एक योद्धाको कथा बोल्नेछ । फिल्मको निर्माण यूवी क्रियशनका वामसी, प्रमोद र विक्रमले गरेका हुन् । फिल्ममा प्रभास र श्रद्धाको जोडी बाँधिएको छ । ुबाहुबली २ु रिलिजको करीब २ वर्षपछि प्रभास ठूलो पर्दामा फर्किएका कारण ‘साहो’ को दर्शकलाई व्यग्र प्रतिक्षा छ । यो फिल्मका लागि उनले निकै मिहिनेत गरेका छन् ।