भारतको निर्वाचनको मतगणना आज हुदै, देशभर अलर्ट जारी

प्रकाशित मिति:

एजेन्सी नयाँदिल्ली । भारतको लोकसभाको निर्वाचनको मतगणना आज हुदै छ । निर्वाचन परिणामपछि हुनसक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै भारतीय गृह मन्त्रालयले देशभर अलर्ट जारी गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।मतगणना नेपाली समय अनुसार बिहान सवा ८ बजेबाट शुरु हुने बताइएको छ । इलेक्ट्रोनिक भोटिङ मेशिन ९इभिएम० बाट सम्पन भारतीय लोक सभाको निर्वाचनको परिणाम आजै आउने बताइएको छ ।

करीब ९० करोड मतदाताले भाग लिएको यस निर्वाचनमा करिब ४० लाख इलेक्ट्रोनिक भोटिङ मेशिनको प्रयोग भएको बताइएको छ । लोकसभाका कुल ५४२ सिटका लागि सात चरणमा निर्वाचन सम्पन्न भएको थियो । लोकसभाको निर्वाचन गत अप्रिल ११ देखि यहि मे १९ सम्म भएको थियो ।यसअघि सन् २०१४ मा सत्तारुढ दल भारतीय जनता पार्टीले २८२, भारतीय काँग्रेसले ४४, एआइएडीएमकेले ३६, अल इंडिया त्रिनामुल काँग्रेसले ३३, बिजु जनता दलले १८, शिव सेनाले १८, तेलगु देशम पार्टीले १५, तेलगु राष्ट्र समितिले १०, कम्युनिष्ट पार्टी अफ इंडियाले ९ सिटमा चुनाव जितेका थिए ।

एक्जिट पोलमा बिजेपी अगाडी 

यस निर्वाचन सम्पन्न भएपछि टेलिभिजन च्यानलमा प्रसारित सबैजसो चुनावी मतसर्वेक्षणले भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीए ले नै केन्द्रमा सरकार बनाउने आँकलन गरेका छन् ।प्रधानमन्त्री नरेन्द्र मोदीले नै आगामी सरकारको नेतृत्व गर्ने सर्वेक्षणमा देखाइएको छ ।टाइम्स नाउ र भीएमआरको एक्जिट पोलले बिजेपी गठबन्धनका पक्षमा ३०६ सिटको अनुमान लगाएको छ भने कांग्रेस गठबन्धनले १३२ सिट ल्याउने दाबी गरेको छ । त्यस्तै अन्य दलले १०४ सिट ल्याउने दाबी टाइम्स नाउ र भीएमआरले गरेको छ।

त्यस्तै इंडिया न्यूजको एक्जिट पोलका अनुसार बिजेपी गठबन्धनले २९८ र काँग्रेसको ११८ र अन्यको १२६ सिट जित्ने अनुमान गरेको छ ।त्यस्तै आजतक(एक्सिसको एक्जिट पोलका अनुसार विजेपी गठबन्धनले ३३९(३६५ , कांग्रेस गठबन्धनले ७७(१८ र अन्यले ७९(१११ सिट जित्ने अनुमान गरेको छ ।त्यस्तै सी(भोटर( रिपब्लिकको एक्जिट पोलका अनुसार बिजेपी गठबन्धनले २८७ सिट, काँग्रेसले १२८ र अन्यले १२७ सिट जित्ने अनुमान गरेको छ ।त्यस्तै न्युज(नेशनको एक्जिट पोलले अनुसार बिजेपी गठबन्धनले २८२(२९०, काँग्रेसले ११८(१२६ र अन्यले १३०(१३८ सिट जित्ने अनुमान गरेको छ ।त्यस्तै एबिपी(नेल्शनको एक्जिट पोलले बिजेपी गठबन्धनले २६७, कांग्रेस गठबन्धनले १२७ र अन्यले १४८ सिट जित्ने अनुमान गरेको छ ।५४२ स्थानका लागि भएको लोकसभा निर्वाचनमा सरकार बनाउन आवश्यक बहुमत सिट २७२ रहेको छ ।