पाँचथर हत्याकाण्ड :अन्तेष्टिका लागि शव ल्याइँदै

प्रकाशित मिति:

पाँचथर — सोमबार राति मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा हत्या गरिएका ९ जनाको शब पोस्टमार्टमपछि गाउँ ल्याइँदै छ ।प्रहरीका अनुसार बमबहादुर फियाक परिवारका ४ जनाको आरूबोटेमा मै अन्तेष्टि गरिने छ ।बाँकी ५ जना धनराज शेर्माको परिवारलाई उनको पुख्र्यौली घर घर मांङजाबुङ लगिने पाँचथर प्रहरीले जनाएको छ । धनराज ससुराली घर नजिक जग्गा खरिद गरेर बस्दै आएका थिए ।शव ल्याइसकेपछि अन्तेष्टिका लागि आफन्तलाई जिम्मा लगाइने छ ।

उनीहरुको हत्यामा संलग्न झुन्डिएर आत्महत्या गरेकामनकुमार माखिमसँग अरु पनि पनि थिए वा थिएनन् भन्ने पत्ता लागेको छैन् ।प्रहरीले माखिमका निकट व्यक्ति, परिवार र टेलिफोनको कल डिटेललाई अनुसन्धान गरिरहेको छ । भागेर बाँच्न सफल भएकी सीता खजुमलाई पनि अनुसन्धानका लागि पाँचथर ल्याइने प्रहरी नायब उपरीक्षक नरेद्र कुँवरले बताए ।