निशानलाई अपहरण गर्ने अपहरणकारी प्रहरी ईन्काउण्टरमा मारिए

प्रकाशित मिति:

आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो । भक्तपुरस्थित डोलेश्वरको जंगलमा दोहोरो भिडन्तमा पर्दा उनीहरुको मृत्यु भएको हो ।