दुखद खबर : उपचार गरेर आउँदै गरेको कार दुर्घटना हुँदा एकै परिवारमा ५ जनाको मृत्यु

प्रकाशित मिति:

एजेन्सी –कार दुर्घटनामा एकै परिवारका ५ जनाको ज्यान गएको छ । भारतको ओडिशा राज्यको कालाहान्डी जिल्लामा हिजो राति भएको सडक दुर्घटनामा एकै घरका दुई बच्चासहित ५ जनाको ज्यान गएको हो ।यो दुर्घटनामा २ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । सडक दुर्घटना राष्ट्रिय राजमार्ग २६ को भवानीपाटना क्षेत्रमा भएको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार मृतक परिवार केसिंगा रेल स्टेशन देखि खुशीगुडा गाउँ आउँदै थिए । उनीहरु आउँदै गर्दा उनीहरु चढेको कारलाई तिव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो ।मर्नेहरुमा आशुतोष बेहरा, उनका भाई जगन्नाथ, छोरा विक्की र दुई नाति रहेका छन् । उनकी बुहारी नीविया र उनको घरमा काम गर्ने व्यक्ति गम्भीर घाइते भएका छन् ।उनीहरुलाई उपचारका लागि पहिले स्थानीय अस्पताल लिइएको थियो तर उपचार सम्भव नभएपछि आन्ध्रप्रदेशको विशाखापट्टनम पठाइएको छ । मृतक परिवार विशाखापट्टनम देखि उपचार गरेर घर आइरहेको थिए ।