टिप्परले ठक्कर दिँदा एकको मृत्यु

प्रकाशित मिति:

काठमाडौं-काठमाडौंको तारकेश्वर नगरापलिकामा तीनजना चढेको मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । नगरापलिका–११ जोरङखु लामबगर नजिकै बुधबार राति बा ५ ख ६४४९ नम्बरको टिप्परले बा ८० प ७२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेका रसुवाका २७ वर्षीय आकाश तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकरी दिएको छ । मोटरसाइकल पछाडि बसेका नुवाकोटका २८ वर्षका राजकुमार तामाङको वीर अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ