बैतडीमा आगलागी, एकै परिवारका तीन जनाको मृत्यु

प्रकाशित मिति:

बैतडी-बैतडीमा आगलागीमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बुधबार राति पौने ११ बजे पुर्चौडी नगरपालिका ७ बसपार्क छेउमा टहरो बनाएर बसेको परिवार आगलागीमा परेको हो ।बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीका अनुसार आगोले जलेर ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेको मृत्यु भएको हो ।

पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका थिए।बुधबार राति खाना खाएर सुतेका बेला चुल्होबाट आगो सल्केको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । राति करीब पौने १० बजेतिर आगो लागेको थियो।प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलेर मृत्यु भइसकेको प्रहरीले जनाएको छ।मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ बर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएका थिए।