नेकपा कार्यकर्ताद्वारा वडा अध्यक्षमाथि कुटपीट

प्रकाशित मिति:

रौतहट-रौतहटमा झडप हुँदा विजयपुर नगरपालिका – ४ का वडा अध्यक्ष ब्रह्म नारायण यादव कुटिएका छन् । विकासको बजेट सञ्चालन गर्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० का कार्यकर्ताबीच झडप भएको हो ।मंगलवार साँझ भएको दोहोरो झडपका क्रममा नेकपाकै एक कार्यकर्ताको गाडीमा समेत तोडफोड भएको छ ।

प्रदेश सरकारले दिएको एक करोडको बजेटमध्ये २५ लाखको योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने बिषयमा विवाद हुुँदा फतुुआ विजयपुुर नगरपालिकास्थित नेकपाका कार्यकर्ताबीच विवाद भएको थियो ।