अपांगता भएकालाई परिचयपत्र वितरण

प्रकाशित मिति:

सिमकोट –  ताँजाकोट गाउँपालिकाका अपांगता भएका नागरिकलाई परिचयपत्र प्रदान गरिएको छ । गत वर्षबाट अपांगता परिचयपत्र बारे अन्यौलता भइ रहेका बेला गाउँपालिकाले आफ्ना सबै वडाहरुमा रहेका पुराना तथा नयाँ अपांग नागरिकको तथ्याङ्क संकलन गरेर छानबिन गरी परिचय पत्र प्रदान गरेको हो ।

गाउँपालिकाका क देखि घ वर्गमा गरी एक सय पचास जना नागरिकलाई अपांगता परिचयपत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले बताउनु भयो । कसले र कसरी दिन भन्ने अन्यौलता अब हटेको उहाँले बताउनु भयो । एक वर्षसम्म परिचयपत्र प्रदान नगरिदा धेरै नागरिकहरु आफुले सामाजिक सुरक्षा भत्ता पाउनबाट समेत वन्चित भएकोमा अब भने त्यो समस्या हटेको उहाँले बताउनुभयो । गाउँपालिकाको आर्थिक सहयोग र जिल्लामा अपांगताका क्षेत्रमा काम गर्दै आएको साहारा समुहले अपांगताहरुको विवरण संकलन गरेको थियो ।