अन्ततः निर्मला पन्तकी आमाले लिइन् राहत

प्रकाशित मिति:

कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छिन् । उनले सो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छिन् ।

तिनै तहको सरकारले निर्मलाको परिवारलाई कूल १८ लाख राहत दिने घोषणा गरेका थिए । विगतमा निर्मलाको हत्यारा पत्ता नलागुन्जेल राहत नबुझ्ने अडान परिवारले लिएकोमा अहिले आएर भने दुर्गादेवीले राहत बुझेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।