रोहिणी एजुकेसनको शाखा बुटवलमा

प्रकाशित मिति:

बुटवल, ९ जेठ । न्यूजिल्यान्ड अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीका लागि काम गर्ने रोहिणी एजुकेशन कन्सल्टेन्सीले आफ्नो सेवा बुटवलबाट पनि शुभारम्भ गरेको छ । रोेहिणी बुटवल एजुकेशन कन्सल्टेन्सीको नामबाट बुटवलको ट्राफिक चोकमा आफ्नो सेवा विस्तार गरेको हो । रोहिणी बुटवल शाखाको शुभारम्भ कार्यक्रममा बोल्दै प्रबन्धक श्याम भन्डारीले न्यूजिल्याण्ड अध्ययन गर्ने जाने विद्यार्थीको सुरक्षाका साथै श्रम बजारमा विक्री हुने शिक्षा पद्धति रहेको बताए । उनले न्यूजिल्यान्डमा अध्ययन गरेका विद्यार्थीहरु विश्व बजारमा सजिलै विक्रि हुने गरेको अनुभव सुनाउँदै अभिभावकहरुले विद्यार्थीको सुरक्षालाई ध्यान दिन आग्रह गरे ।

हप्तामा २० घन्टा वैधानिकरुपमा काम गर्न सकिने हुँदा विद्यार्थीलाई अध्ययनका लागि सहज हुने उनले बताए । इन्टरनेश्नल इन्स्टिच्युट अफ टेक्नोलोजिका इन्टरनेश्नल मार्केटिङ म्यानेजर हेलेन क्याप्पले न्यूजिल्यान्डको शिक्षा बैज्ञानिक र व्यवहारिक भएको भन्दै नेपाली विद्यार्थीलाई अध्ययनका लागि न्यूजिल्यान्ड आउन आग्रह गरिन् । गुणस्तरमा सम्झौता नगरी बुटवलबाट सेवा दिने रोहिणी बुटवल एजुकेशन कन्सल्टेन्सीका एमडी जिएस गुरुङले प्रतिवद्धता जायज गरे । न्यूजिल्यान्ड सरकारले विश्वका विद्यार्थीहरुलाई सन् २००२ बाट लैजना सुरु गरेको थियो । हाल न्यूजिल्यान्डमा करिव ६ हजार नेपाली विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
नेपालको आधिकारिक पहिलो कन्सन्टेन्सीको रुपमा काम गरिरहेको रोहिणीको न्यूजिल्यान्डका ४० कलेजहरुसँग समन्वय रहेको गुरुङले जानकारी दिए ।