सैनामैनामा क्रिकेट एकेडेमी शिलान्याश

प्रकाशित मिति:

बुटवल, ९ जेठ । रुपन्देहीको सैनामैनामा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमी बन्ने भएको छ । गौतम बुद्ध इन्टरनेशनल क्रिकेट एकेडेमी सैनामैना नामक सस्थाँले सैनामैना नगरपालिका वडा न.४मा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमी निर्माण गर्न लागेको हो । पर्रोहा माध्यामिक विद्यालयको स्वामित्वमा रहेको १६ कटठा जग्गामा उक्त एकेडेमी निर्माण गर्न लागीएको हो । क्रिकेट एकेडेमीको आज (बिहिबार) सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले शिलान्यस गर्नुभएको छ ।

सोही अवसरमा बोल्दै नगर प्रमुख चित्र बहादुर कार्कीले गौतम बुद्ध इन्टरनेशनल क्रिकेट एकेडेमीले सरानीय कार्यको थालनी गरेको प्रति प्रशंसा गर्नुभएको छ ।उहाँले निजि क्षेत्रको सक्रियतामा निर्माण हुन लागेको अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमीबाट सैदान्तिक तथा प्रयोगात्मक सिप तथा ज्ञान हासिल गरि सक्षम खेलाडी उत्पादन गर्न टेवा पुग्ने दावी समेत गर्नुभयो । सैनामैनालाई खेलकुदको हवको रुपमा विकास गर्न नगरपालिका लागी परेको बताउदै मेयर कार्कीले अव्वल दर्जाका खेलाडी उत्पादन गरि सैनामैनाको गरिमा र प्रतिष्ठा अन्र्तराष्ट्रिय जगतमा पुर्योउने योजना रहेको बताउनुभयो । उहाँले बन्न लागेको यस एकेडेमीलाई निति र नियम अनुसार आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
खेलकुदको लोकप्रियता र क्रिकेट प्रतिको क्रेजलाई थप प्रोत्साहन गर्नका लागी सैनामैनामा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमी बनाउन लागीको गौतम बुद्ध इन्टरनेशनल क्रिकेट एकेडेमी सैनामैनाका अध्यक्ष तिलब केसीले जानकारी दिनुभएको छ ।करिब २ करोडको लगानीमा उक्त एकेडेमी निर्माण गर्न लागीएको जानकारी दिंदै अध्यक्ष केसीले क्रिकेटको गहिरो ज्ञान दिन यस एकेडेमीले महत्वपुर्ण भुमिका खेल्ने दावी गर्नुभयो ।उहाँले खेलकुदको उर्वरा सैनामैनामा भएको बताउदैँ राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य यस एकेडेमीले राखेको बताउनुभयो ।

सँस्थाका सचिब जेवि क्षेत्रीको अनुसार तत्काल ५० लाख बराबरको काम हुने बताउनुभयो भयो । क्षेत्री भन्नुहुन्छ “क्रिकेट मैदान,होस्टल भवन एउटा,नेट पिज ३ वटा,फिल्डीङ अभ्यास सेक्टर,हल कार्यालयका लागी भवन र मैदान कम्पाण्ड जस्ता कार्य अघि बढ्ने छ ”बताए ।सस्थामा १० जनाको समुह रहेको छ ।१० जनामा बाट जनही ५ –५ लाख उठाएर निर्माण कार्य अघि बढेको जानकारी सस्थाका सचिब क्षेत्रीले जानकारी दिनुभयो ।उहाँका अनुसार अव आउने असोजमा एकेडेमीको उद्घाटन हुने र मंसिरबाट कक्षा सुचारु गरिने दावी गर्नुभयो ।
शिलायन्स कार्यक्रम सस्थाका अध्यक्ष तिलब केसीको अध्यक्षता,सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा वडा न.४का वडा अध्यक्ष धन बहादुर कार्कीको विशिष्ट आतिथ्यता तथा पर्रोहा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चित्र केसीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमको सञ्चालन भने सचिब जेवि क्षेत्रीले गर्नुभएको थियो ।