चुनावी मतगणनाले भारतीय शेयर बजारमा रेकर्ड ब्रेक, सेन्सेक्स ४००००, निप्टी १२००० माथि

प्रकाशित मिति:

नयाँ दिल्‍ली – लोकसभा चुनावको मतगणना सुरु भएसँगै भाजपाको बढ्दो माहोलले घरेलु शेयर बजारमा भारी बृद्धि भएको छ । शुरुआती कारोबारमा बीएसईको सेन्सेक्‍स ५३२ अंकले बढेर ३९६४३ स्‍तरमा कारोबार भइरहेको छ । यही दौरान यसले ४०००० को स्‍तर छोएको छ । जुन एक नयाँ रेकर्ड हो। अहिले सेन्सेक्‍समा ९०९ अंकको बढोत्तरी भएको छ । निफ्टीले समेत आजको कारोबारको समयमा १२००० को स्‍तर छोएको छ । अहिले यसमा २७१ अंक या २.३१ प्रतिशत बढी भएको छ ।

सीएनआई रिसर्चका अध्यक्ष किशोर ओस्‍तवालले भने जुन हिसाबले लोकसभा चुनावको मतगणनामा भाजपालाई बहुमत मिल्ने आशंका गरिएको छ । एनएसइको निफ्टीको आजको कारोबारको दौरान १२००० को स्‍तर पार गरी १२२०० को स्तरमा आउन सक्दछ । उनले भने कि सेन्सेक्‍स समेत आज २००००को स्‍तर पार गर्न सक्छ । लोकसभा चुनावलाई लिएर आइतबार आएको एक्जिट पोलको नतिजापछि फेरि नरेन्द्र मोदीको नेतृत्वमा सरकार बन्ने सम्भावनाले सोमबार भारतीय सेयर बजारमा ठूलो बृद्धि भएको थियो । मजबुत सरकार बन्ने सम्भावनाका कारण खुशी भएको सेयर बजार १४ सय अंकले माथि गएको छ।

सोमबार बम्बे स्टक एक्सचेन्ज बीएसईको ३० सेयर रहेको प्रमुख इण्डेक्स सेन्सेक्स दिउँसो ३ बजेसम्म ३९ हजार २८६ सम्म पुगेको थियो। त्यस्तै नेशनल स्टक इन्डेक्स (एनएसई)को ५० शेयरवाला प्रमुख इण्डेक्स निफ्टी ३९५ अंक बृद्धि भएर ११,८०२ को स्तरमा पुगेको छ। जानकारहरुका अनुसार सेन्सेक्स र निफ्टीमा देखिएको यो बृद्धि १० वर्षकै सबैभन्दा बढी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। अघिल्ला केही दिनसम्म शेयर बजारमा २ देखि ३ प्रतिशतको बृद्धि भइरहने आकलन गरिएको छ।