क्षमता अभिवृद्धि गर्न सामाजिक मन्त्रालयका कर्मचारीलाई तालिम

९ जेष्ठ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


बुटवल । प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयले आफ्ना कर्मचारीहरुको कार्य सम्पादनमा क्षमता अभिवृद्धि गर्ने उदेश्यले क्षमता अभिवृद्धि तालिम संचालन गरेको छ । तिनदिन सम्म संचालन हुने उक्त तालिमममा मन्त्रालयका ४० भन्दा वढि कर्मचारीहरु सहभागी भएका छन ।

एक कार्यक्रमविच विहिवार मन्त्रि सुदर्शन बरालले तालिमको उद्घाटन गर्नुभयो । सो अवसरमा उहा“ले तालिमले कर्मचारीहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने बताउदै योजना निर्माण समेत प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । लैगिकमैत्री वजेट निर्माण गर्ने , लैगिकमैत्री सार्वजनिक सेवा प्रवाह कसरी गर्न सकिन्छ भन्ने विषयमा कर्मचारीहरुले ध्यान दिनु पर्ने उहा“ले बताउनु भयो । संघियता कार्यान्वयनलाई प्रभावकारी वनाउदै सेवाग्राहीहरुलाई दिइने सेवा सुविधालाई चुस्त दुरुस्त बनाउन जरुरी रहेको उहा“ले बताउनु भयो ।

कार्यक्रममा मन्त्रालयका सचिव कृष्ण प्रसाद ज्ञवालीले तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गरी सेवा प्रवाहलाई छरितो बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभयो । तिन दिन सम्म संचालन हुने उक्त तालिममा विभिन्न क्षेत्रका विज्ञहरुले सहजीकरण गनुहुने छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाश कुमार श्रेष्ठ, प्रदेश ५का प्रमुख सचिव डा थिर्तराज ढकाल, मुख्य मन्त्रि तथा मन्त्रि परिषदका उप सचिव ज्ञानहरी घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, अधिकारकर्मी प्रतिमा शर्मा शारदा बस्यालले सहजीकरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया