खोलाले बगाउँदा ६ वर्षीया बालिकाको मृत्यु

९ जेष्ठ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
18 Shares

Symbolic Image

भोजपुर – भोजपुरको अरुण गाउँपालिका–५ याकुमा खहरे खोलाले वगाउँदा बालिकाको मृत्यु भएको छ । बिहिबार साँझ स्थानीय २५ वर्षीय शर्मिला श्रेष्ठकी ६ वर्षीया छोरी सन्दिपा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आमासंग घर फर्कदै गरेकी सन्दीपालाई पानीसंगै आएको खहरे भेलले बगाउँदा मृत्यु भएको प्रहरीको भनाई छ । बालिकाको आमाले उनको ३ वर्षीय भाई र झोला बोकेको र उनी भने एक्लै हिँड्ने क्रममा खोला बगाएको प्रहरीले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्र्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको इन्पेक्टर पाण्डव राजवंशीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आमा’ को अष्ट्रेलिया र अमेरिका रिलिज घोषणा
  • अस्ताए विश्वकै  होचा खगेन्द्र थापा 
  • प्रधानमन्त्री ओली र जापानी उपमन्त्रीबीच भेट
  • पत्रकार थापा र पुर्व खेलाडी साहानी जापानमा सम्मानित
  • सगरमाथा रनिङ्ग शिल्डको उपाधी अन्नपुर्णलाई
  • खानेपानी तथा सरसफाई उपभोक्ताको अन्र्तकृया कार्यक्रम सम्पन्न
  • तेस्रो मदन भण्डारी फुटसल प्रतियोगिताको उपाधि न्यु होराईजनलाई
  • प्रशासन कार्यालय गुल्मीमा ग्लोबल आईएमई बैंकको एक्स्टेन्सन काउन्टर
  • प्रथम गुल्मी मुसिकोट महोत्सवमा सर्वाधिक राशीको भलिवल प्रतियोगिता हुदै
  • अवध स्वायत्त प्रदेशद्धारा बनफडानी तत्काल नरोके कारवाही गर्ने (विज्ञप्तीसहित)