बेलायती मन्त्रीले सुनाए नेपालबाट बिश्वले सिक्नैपर्ने यस्तो निचोड

प्रकाशित मिति:

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल सरकारले चाहेको लगानी क्षेत्र किटान गरी बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग मन्त्रीलाई लगानीका लागि आग्रह गर्नुभएको छ । नेपाल भ्रमणको क्रममा रहनुभएका बेलायती मन्त्री बरोनसँगको शिष्टाचार भेटमा अर्थमन्त्री खतिवडाले सो आग्रह गर्नुभएको हो ।

अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्र, राजनीति स्थिरतासँगै विकासको गति र आर्थिक समृद्धिका भावी रणनीतिका बारेमा छलफल भएको हो । भेटमा अर्थमन्त्री खतिवडाले मुलुकमा राजनीतिक स्थिरतासँगै वर्तमान सरकार आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताउँनुभयो । उहाँले हालै सम्पन्न लगानी सम्मेलनमा बेलायती सरकारको तर्फबाट सदासयता देखाएकोमा खशी व्यक्त गर्दै धन्यवाद दिनुभयो ।

बेलायती सरकार दिपक्षीय दातृ निकायहरु मध्ये सबैभन्दा ठुलो दातृ निकाय भएकोमा धन्यावद दिर्दै आगामी दिनमा पनि सहायता निरन्तरता रहने, वैदेशिक सहायता नीति राष्ट्रिय आवश्यकता र प्राथमिकतामा आधारित हुने गरी सहज बनाउँने तर्फ सरकार सजग रहेको स्पष्ट पार्नुभयो । भेटमा मन्त्री खतिवडाले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको भन्दै सरकारको ध्यान केन्द्रित भएको स्पष्ट पार्नुभयो ।

भेटमा बेलायती मन्त्रीले दोहोरो कर प्रणाली मुक्ति सम्बन्धी सम्झौता निर्माणको चरणमा रहेको अवगत गराउनुभयो । उहाँले नेपाल संघीयता कार्यान्वयनको चराणमा रहेको भन्दै बेलायती सरकार सहकार्य र सहयोग गर्ने प्रतिवद्ध व्यक्त गर्नुभयो । नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार सहयोगका लागि सदैव तत्पर रहेको धारणा राख्नुभयो । उहाँले प्रस्तावित वैदेशिक सहायता नीतिले गैरसरकारी संस्थालाई समेत समेट्ने विश्वास व्यक्त गर्नुभयो । भेटमा बेलायती मन्त्रीले नेपालबाट समावेशीताको सिको विश्वले गर्नुपर्ने भन्दै सफल रुपमा सघीयता कार्यान्वयनको चरणलाई खुलेरै प्रशंशा गर्नूभएको हो ।