पर्सामा हावाहुरीले फेरि लियो ज्यान

प्रकाशित मिति:

पर्सा – बारामा बुधबार साँझ आएको असिनासहितको हावाहुरीमा परी एक किशोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्साको पकाहा मैनपुर १, धोरेका दिनेश सहनीकी १५ वर्षीया छोरी श्रुतीकुमारी सहनी रहेके पर्सा प्रहरीले जनाएको छ ।

हावाहुरीको समयमा गाउँकै स्थानीय बजारबाट तरकारी लिएर घर फर्कदै गरेकी श्रुती ओत लागेको रुखको हाँगो भाच्चिएर घाइते भएकी थिइन् । उनलाई वीरगन्जको वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गराएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्जकै नेशनल मेडिकल कलेजमा लगिएकोमा उनको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

हावाहुरीले बारा पर्सामा रहेको किसानको खेतमा भएका बालीमा सबैभन्दा बढि क्षति पुर्रुयाएको छ । त्यस्तैसडक छेउका रुख र बिजुलीका पोेल ढाल्दा बारा, पर्साका धेरै गाउँमा अहिले सम्म पनि विजुली बत्ती पुग्न नसकेको बारा, पर्साका प्रहरीले जनाएको छन्। गत चैत १७ गतेको टोर्नाडोबाट पीडितको त्रिपाल उडाएको बाराका प्रहरी नायव उपरिक्षक रंजित सिंह राठोरले जानकारी दिनुभयो ।

बाराकै गन्जभवानीपुरमा रहेको प्रहरीको प्रतिक्षालयमा पनि हावाहुरीले क्षति पुर्रुयाएको छ उनको भनाइ छ । पर्सामा पनि धेरैका घरको छानो उडाएको छ । ग्रामिण भेगका अमरपटी, भिस्वा बन्जारी, आसवारी, धोरे, प्रसौनी भाठाको प्रहरी चौकीमा पनि क्षति पुर्रुयाएको छ ।गएको चैत १७ गते आएको बिनासकारी हावहुरीका बारण बारा र पर्सामा गरी २९ जनाको ज्यान गएको थियो । बुधबार साँझ आएको हावाहुरीले पीडितलाई झनै पीडा दिएको स्थानीयहरुले गुनासो गरेका छन् । – न्युजअफनेपाल