नेपाली बजारमा नयाँ टम्बो मोबाइल भित्रिएको छ । भारतीय मोबाइल ब्राण्ड टम्बो मोबाइल नेपाली बजारमा आएको हो । टम्बो मोबाइल नेपाली बजारमा शंकराचार्य मोबाइल प्रालिले आधिकारिकरुपमा आयात तथा बिक्री गर्नेछ । पहिलो चरणमा सीमित मोडलका स्मार्टफोन र फिचर फोनहरु बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
कम्पनीले अहिले ६ मोडलका बार फोनहरु र २ मोडलका स्मार्टफोनहरु ल्याएको छ ।
स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक गर्नेतयारी भैरहेको र यी फोन सस्तो पर्ने कम्पनीले जनाएको छ । टम्बो ब्राण्डका फिचर फोनहरु १ हजार रुपैयाँ माथिबाट बजारमा पाइनेछ ।
सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईने कम्पनीले जनाएको छ ।