सैनामैनामा शुरु भयो शारिरिक सुगठन सेन्टर, स्वास्थ्यका लागि उपयोगी हुनेमा बिश्वास

९ जेष्ठ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
24 Shares


सैनामैना –सैनामैना नगरपालिका वार्ड नं। ११ बनकट्टीमा युवाहरुलाई लक्षित गरी ब्यबसायिक फिटनेस सेन्टर शुभारम्भ भएको छ । योर्स फिटनेस सेन्टरको शुभारम्भ सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले एक कार्यक्रमका बिच गर्नु भएको हो।

लामो समय सम्म भारतिय सेनामा कार्यरत सैनामैना साल्झण्डीका बिकास थापाले भारतिय सेना बाट सेवा निबृत्त भै स्वदेशमै केही गर्नु पर्छ भन्ने उद्धेश्यका साथ युवाहरुको माग र शारिरिक रुपमा तन्दुरुस्तीका लागि नियमित फिटनेस गर्नु आवस्यक रेहकोले पनि फिटनेस सेन्टर संचालन गरिएको बताउनु भएको छ।सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले फिटनेस सेन्टरको शुभारम्भ गर्दै शारीरिक र मानसिक रुपमा तन्दुरुष्टी हुनको लागि नियमित फिटनेसको आवस्यक रहेको र उक्त फिटनेस सेवा योर्स फिटनेसले गर्ने बिश्वास ब्यक्त गर्नु भएको छ।

ब्यबसाय फाइदाको लागि गरिने भए पनि सेवा भावले ब्यबसाय संचालन गर्नु निकै प्रशंसनिय भएको बताउदै आफ्नो आधा उमेर बिदेशी सेवाको लागि समर्पण गरी बाकी निबृत्त जिवन स्वदेशमा बसेर सेवा मुलक कार्य गर्न लागेकोमा बधाई समेत गर्नु भएको थियो भने ब्यबसायिक सफलताको लागि शुभकामना समेत ब्यक्त गर्नु भएको छ।यसैगरी सैनामैना नगर पालिका वार्ड नंं।११ क वडा अध्यक्ष सुनिल मरासिनीले शारीरिक सुसगठनले मानसिक र शारिरीक रुपमा तन्दुरुस्ती संगै स्वास्थ्यका लागि लाभदायक हुने बताउदै युवाहरुलाई कुलतबाट टाढा राख्न पनि फिटनेस सेन्टरले सहयोग गर्ने आशा ब्यक्त गर्नु भएको छ। यस्तै साबिक सालझण्डी गा।बि।स।का पुर्व गा।बि।स। अध्यक्ष मिन प्रसाद घिमिरेले शारिरिक फिटनेस युवाहरुको लागि मात्र नभै हरेक उमेर समूहका लागि उपयोगी हुने भएकोले शारिरिक ब्यायाम अतिआवस्यक रहेको बताउनु भएको छ।प्रेम बहादुर सोमरेको स्वागत तथा साबित्री थापाको संचालनमा भएको योर्स फिटनेस सेन्टरका प्रोप्राइटर बिकास थापाको सभाध्यक्षतमा सो सेन्टरको शुभारम्भ भएको हो

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या