वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न

९ जेष्ठ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
39 Shares


नवलपरासी-पश्चिम नवलपरासीको प्रतापपुर ९ मा अवस्थित त्रिभुवन क्याम्पस बेलाटारीबाट शिक्षण अभ्यासमा खटिएका वि.एड चार वर्षे अध्यनरत विद्यार्थीहरुको आयोजनामा वक्तृत्वकला प्रतियोगिता विहिबार सुस्ता १ स्थित राष्ट्यि मावि छिवनीको सभाहलमा सम्पन्न भएको छ ।

शिक्षण अभ्यासमा खटिएका वि.एड चार वर्षे अध्यनरत छात्रा प्रमिला चौधरीको अध्यक्षता तथा राष्ट्यि मावि छिबनीका प्राधानाध्यापक मोती प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा विद्यार्थी जिवन र अनुशासन भन्ने शिर्षकमा सो प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालयका प्रअ चौधरीले अनुशासन नै विद्यार्थीको अमुल्य गहना भएको हुदा यस्तो किसिमको कार्यक्रमले विद्यार्थीहरुको आफ्नो ब्यक्तित्व विकास हुनुका साथै भविष्यमा कुनैपनि ठाउमा बोल्न, सिक्न लगाएतका कुराहरु प्रति विद्यार्थी आफै सक्षम हुने बताउनुभयो ।

प्रमुख अतिथि चौधरीले भोलीका कर्णधार मानिने विद्यार्थीहरुले हरेक कार्यक्रममा सहभागी हुन जरुरी रहेको हुदा विद्यार्थीहरुको भविष्य उज्जल बनाउनमा शिक्षक मात्रै नभर्य अभिभावकको समेत ठुलो सहयोग रहेको समेत जिकिर गर्नुभयो । प्रतियोगितामा राष्ट्यि मावि छिवनीमा अध्यनरत कक्षा ९ ए र ९ बी का छात्रछात्राहरुलाई समावेश गरिएकोमा प्रतियोगितामा ६ जना विदयार्थीले सहभागिता जनाएका थिए । सम्पन्न प्रतियोगितामा कक्षा ९ बी का छात्र आशिष रिजाल प्रथम, कक्षा ९ ए का छात्र अजय घिमिरे द्धितिय र कक्षा ९ ए की छात्रा धनकुमारी चौधरी तृतीय हुनुभएको थियो भने कक्षा ९ बी की छात्रा माया विक साश्न्तावना स्थान हासिल गर्नुभएको थियो । कार्यक्रममा निर्णायक मण्डलमा समेत रहनुभएका सोहि विदालयका शिक्षक अर्जुन पाण्डे, घनश्याम यादव, तारा प्रसाद न्यौपाने, वि.एड चौथो वर्षमा अध्यनरत छात्रा सरिता गुरौ चौधरी लगाएतले प्रतियोगितामा सफल हुने सबैलाई शुभकामना ब्यक्त गर्नुभएको थियो । शिक्षण अभ्यासमा खटिएका वि.एड चार वर्षे अध्यनरत छात्रा शान्ति महतोको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन छात्रा सन्ध्या महतोले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया