गुल्मीको मालिकामा करेन्ट लागेर एकको मृत्यु ,एक घाईते

प्रकाशित मिति:

मनोज कार्की, गुल्मी गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ५ छापहिलेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सहि केरेन्ट लाग्दा एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नं १ नेटाकी की अन्दाजी १९ बर्षिय बिनिता रसाइली रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

कक्षा ११ को परिक्षा दिएर परिक्षा केन्द्र अर्जे बाट घर फर्कदै गर्दा बिधुतको पोलमा करेन्ट लागेर मृत्यु भएको हो । सहि केन्द्रमा परिक्षा दिएर घर आउँदै गरेकि उनकी साथी मालिका गाउँपालिका वडा नं ६ अर्जेकी १८ बर्षिय जुना बिश्वकर्मा घाइत भएकी छिन । घाईते बिश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइदै गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबीन्द्र खड्काले बताउनु भयो । घटनाको बारेमा बिशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।