गुरदासपुर लोकसभा चुनावमा जितको नजिक पुगे एक्शनस्टार सनी देओल

प्रकाशित मिति:

एजेन्सी -बलिउड एक्शनस्टार सनी देओल गुरदासपुर लोकसभा चुनावमा जितको नजिक पुगेका छन् ।कुनै जमानामा एक्शन हिरो भएर धेरै फिल्म खेलेका सनी पहिलो पटक राजनीतिमा होमएका थिए तर उनी यसमा सफलता तर्फ उक्लँदै छन् ।पंजाबको गुरुदासपुर लोकसभा सीटमा भएको मतगणनामा उनी बिपक्षीको तुलनामा अगाडि रहेका छन् ।

सनी देओलले जीतको माहोल बनेसँगै मिडियामा प्रतिक्रिया दिंदै भनेका छन् – ‘म फिल्मी क्षेत्रमा करियर बनाएको मान्छे पहिलोपटक राजनीतिमा आएँ धेरैले मलाई मत दिएर हौसला पदान गर्नुभएको छ जसप्रति म आभारी छु । यो जित मेरो मात्र होइन मोदीजीको जित हो ।’उनले अगाडि भनेका छन् अब मेरो एउटै उद्देश्य रहनेछ यो जितको बदलामा तन मन दिएर काम गर्न सकुँ ।यो नै मेरो जिम्मेवारी हुनेछ ।मैले जित्ने आश लिएर आएको थिइन तर यो अपार माया र सद्भावप्रति सधैं ऋणी रहने छु ।’