गर्मी मौसममा किन मेवा खाने र यस्ता छन् अचुक फाइदा

प्रकाशित मिति:

एजेन्सी -मुलुकका विभिन्न ठाउँमा ह्वात्तै गर्मी चढिसकेको छ । यस्तो गर्मी मौसममा स्वस्थ्य रहन खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । साथै गर्मी मौसममा विभिन्न फलफूलको सेवन गर्नु लाभदायी मानिन्छ ।

गर्मीको सिजनमा पाइने फलफूलमध्ये मेवा पनि एक हो । मेवा जा–कोहीलाई पनि मन पर्छ । तर तपाई हामी मध्ये धेरैले यसको महत्व नै नबुझी प्रयोग गरिरहेका हुन्छौँ । मेवाका स्वादका कारण प्रभावित बनेका तपाई हामीले जान्नै पर्ने र आफ्नो दैनिक आहारामा छुटाउँदै नहुने मेवाका विशेषताहरू यस्ता छन् ।थोरै क्यालोरी, धेरै पौष्टिक तत्व भएको यो गुनिलो फललाई मोटोपन घटाउन प्रयास गरिरहनु भएका मानिसहरूले आहाराको रुपमा लिन सक्नुहुन्छ । कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ ।

टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ । यदि मेवा सही मात्रामा खाने गरेमा यसले मानिस शरीरको रोगविषहरुबाट छुटकारा दिन्छ । यसको नियमित प्रयोगले क्यानसर हुनबाट समेत जोगाउँछ । मेवाले कपाल बढाउनमा समेत मद्दत गर्छ ।