पानी पिउँदा यस्तो कुरामा ख्याल गर्नुहोस्, हुनेछ फाइदा

प्रकाशित मिति:

एजेन्सी -पानी पिउनु स्वास्थ्यका लागि आवश्यक छ । दैनिक कम्तीमा दुई लिटर पानी पिउनैपर्छ । पानी पिउँदा विषालु पदार्थ बाहिर निस्कन्छ र स्वास्थ्य राम्रो रहन्छ । सही मात्रामा पानी पिउँदा शरीरको मेटाबोलिजम राम्रो बन्छ ।तर सन्तुलन मिलाएर पानी पिउनुपर्छ । थोरै पिउँदा शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कँदैन भने धेर पिउँदा चाहिँ पोषक तत्त्वमा खराब असर पार्छ ।

पानी पिउने मात्रा शरीरको तौलअनुसार निर्धारण गर्नुपर्छ । पचास किलो र ७० किलो तौल भएका मानिसको पानीको मात्रा फरक फरक हुन्छ ।आफ्नो तौललाई ३० ले भाग गर्नुस् । जस्तो तपाईंको तौल ६० किलो छ भने ३० ले भाग लगाउँदा दुई हुन्छ । भनेपछि तपाईंले दिनको दुई लिटर पानी त पिउनैपर्छ ।

यो मात्रा तौल घटबढ भएपिच्छे फरक पार्नुपर्छ । कामगराइको हिसाबमा पनि पानीको मात्रा घटबढ हुन्छ ।व्यायाम गर्ने मानिसले धेर पानी पिउनुपर्छ । व्यायाम गर्दा पसिना धेर निस्कन्छ । त्यसैले शरीरमा पानीको कमी रोक्नका लागि केही केही बेरमा पानी पिउनुस् । पानीको साटो फलफूलको रस, कागतीपानी र लस्सी पिउन समेत सक्नुहुन्छ ।