मुखमा यस्ता खटिरा छन् भने क्यान्सरको संकेत हुन सक्छ

१० जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
2 Shares


पछिल्लो समयमा सबैभन्दा धेरैलाई लाग्ने रोगमध्ये क्यान्सर पहिलो नम्बरमा छ ।नेपालमा मात्र नभएर विश्वमा नै क्यान्सरको अवस्था उस्तै छ । हाम्रो अव्यवस्थित जीवनशैली र अव्यवस्थित खानपिनका कारण क्यान्सरका बिरामी बढेका हुन् । क्यान्सर सरुवा रोग नभए पनि विश्वका धेरैजसो मानिस क्यान्सर रोगबाट ग्रसित छन् । खानपानमा ख्याल गर्ने हो भने क्यान्सर रोगबाट धेरै हदसम्म बच्न सकिन्छ ।

कस्तो खानपान गर्ने
जंकफुड, र–फुड, केमिकल हालेको सागसब्जीका कारण पनि मुखको क्यान्सर हुन सक्छ । क्यान्सरबाट बच्न नुन कम हालेको खानेकुरा खानु उत्तम हुन्छ । बिहान–बेलुका खाना खाएपछि राम्रोसँग मुखको सफाइ गर्नुपर्छ । खाना खाएपछि कुल्ला गर्न बिर्सनु हुँदैन । सन्तुलित खाना, हरियो सागपात, फलफूल सेवनमा जोड दिनुपर्छ ।

के नखाने 
मुखको क्यान्सरको प्रमुख कारण भनेको सुर्तीजन्य पदार्थको सेवन हो । मद्यपान, सुपारीजन्य पदार्थ खानु, अखाद्य पदार्थ, रासायनिक पदार्थको प्रयोग गर्नु हो । मुखको क्यान्सर भएका बिरामीमा ९० प्रतिशभन्दा बढी सुर्ती सेवनका कारण बिरामी हुने गरेका छन् । सुर्तीजन्य पदार्थको सेवन छाड्ने हो भने मुखको क्यान्सरबाट बच्न सकिन्छ । मद्यपान पनि मुखको क्यान्सरको कारण हो । जुनसुकै प्रकार र मात्राको रक्सी सेवन गर्दा पनि मुखको क्यान्सर हुन सक्छ मद्यपान गर्दा सुर्तीजन्य पदार्थ धूम्रपानको पनि सेवन हुने गरेको प्रशस्तै भेटिन्छ । सुर्ती र रक्सी सँगै सेवन गर्दा मुखको क्यान्सर हुने सम्भावना १५ गुणाले बढ्छ ।

कसरी पत्ता लगाउने 
मुखमा आएका स–साना खटिरालाई सामान्य रूपमा लिनु हुँदैन । मुखमा विभिन्न खालका दाग देखिन सक्छ । कहिलेकाहीँ घाउ नदुख्न सक्छ । यो क्यासरको संकेत पनि हुन सक्छ । त्यस्तो अवस्थामा चिकित्सकलाई तत्कालै देखाउनुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आमा’ को अष्ट्रेलिया र अमेरिका रिलिज घोषणा
  • अस्ताए विश्वकै  होचा खगेन्द्र थापा 
  • प्रधानमन्त्री ओली र जापानी उपमन्त्रीबीच भेट
  • पत्रकार थापा र पुर्व खेलाडी साहानी जापानमा सम्मानित
  • सगरमाथा रनिङ्ग शिल्डको उपाधी अन्नपुर्णलाई
  • खानेपानी तथा सरसफाई उपभोक्ताको अन्र्तकृया कार्यक्रम सम्पन्न
  • तेस्रो मदन भण्डारी फुटसल प्रतियोगिताको उपाधि न्यु होराईजनलाई
  • प्रशासन कार्यालय गुल्मीमा ग्लोबल आईएमई बैंकको एक्स्टेन्सन काउन्टर
  • प्रथम गुल्मी मुसिकोट महोत्सवमा सर्वाधिक राशीको भलिवल प्रतियोगिता हुदै
  • अवध स्वायत्त प्रदेशद्धारा बनफडानी तत्काल नरोके कारवाही गर्ने (विज्ञप्तीसहित)