कानको दुखाइबाट यसरी पाउनुस् छुटकारा

प्रकाशित मिति:

चिसो लाग्दा कानको दुखाइ बढ्न सक्छ । त्यही कारणले मात्र होइन, कानमा फोहोर जम्दा पनि कानी दुख्ने गर्छ । त्यस्तै पानी पसेर या अन्य कुनै छालाको औषधि कानमा पर्दा पनि कान दुख्ने गर्छ । कानको दुखाइ दाँतको दुखाइजस्तै कष्टकर पनि हुने गर्छ ।

यस्तो अवस्थामा घरेलु उपाय पनि अपनाउन सकिन्छ । कानमा आइरहेको गुनगुन आवाजलाई बदामको तेलको केही थोपा हाल्दा त्यो टाढा जान्छ । त्यस्तै प्याजलाई पिसेर मलमलको कपडाले निचोरी त्यसको दुई थोपा राख्दैमा यसले सहज बनाउँछ ।कानको दुखाइ हुँदा तुलसीको रस राख्दा पनि दुखाइ कम हुने गर्छ । त्यस्तै नीमको पात र लसुनलाई मिलाएर यसको रस लगाउँदा पनि कानको दुखाइ कम हुन्छ ।