एलएलबी प्रथम वर्षका लागि कोटा प्रणाली लागू नहुने

प्रकाशित मिति:

त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी )नयाँ विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने भएको छ ।

त्रिवि कानून संकाय डिनको कार्यालय र विद्यार्थीसंगठनबीच प्रवेश परीक्षामा सामेल भएका सबै विद्यार्थीलाई भर्ना गर्ने सहमति भएपछि कोटा प्रणाली लागू नगरिने भएको नेपाल ल क्याम्पसका प्रमुख डा दीनानाथ पराजुलीले जानकारी गराए।

उनका अनुसार डिन कार्यालयले सबै क्याम्पसलाई बुधबारदेखि भदौ २५ गतेसम्मका लागि भर्ना गर्न निर्देशन दिइसकेको छ।