हिन्दू धर्म र माया सभ्यताबीच कुनै समानता छ ? यस्तो छ वास्तविकता

प्रकाशित मिति:

हिन्दु धर्म र दक्षिण अमेरिकाको माया सभ्यतामा पनि समानता हुन सक्ला र रु यस्तो प्रश्न दिमागमा आउनु स्वाभाविक हो । भूगोलका भिन्न किनारामा फलेफुलेका यी सभ्यताहरूबीच साइनो कसरी बन्ला र रु तर दुवै सभ्यताको अध्ययन गरेका विद्वानहरूले केही समानता फेला पारेका छन् ।माया सभ्यताका अनुयायीहरू तीन भुवनसहितको त्रिदेवको अस्तित्वमा विश्वास गर्थे । जेगुअर भौतिकता, सर्प मन र चरा आत्मा गरी त्रिमूर्तिको अस्तित्व छ भनी उनीहरू मान्थे ।

हिन्दु दर्शनका अनुसार यस विश्वब्रह्माण्डलाई त्रिमूर्तिले शासन गरेका छन् । ब्रह्मा सर्जक, विष्णु पालक र शिव ९विनाशक० त्रिदेव हुन् । हाम्रो ब्रह्मा, विष्णु र शंकरको त्रिमूर्तिजस्तै माया सभ्यतामा हो, हुईत्जिलपोख्त्ली र त्लालोकको समानता भेटिन्छ ।मायनहरूका अनुसार स्वर्गका तेह्र तह छन् भने नौवटा पाताललोक छन् । प्रत्येक लोकका आफ्नै देवता छन् । हिन्दु धर्ममा पनि चौध भुवनको कल्पना गरिएको छ । माथिका सात र तलका सात लोक गरी चौध लोक छन् ।हिन्दु धर्ममा जस्तै मायनहरूको बहुदेववाद प्रचलनमा छ । साम्राज्यवादीहरूले माया सभ्यताका सबै धर्मग्रन्थ जलाएकाले उनीहरूको बारेमा धेरै कुरा थाहा हुन सकेको छैन । तैपनि साम्राज्यवादी शासकको पछि लागेर गएका क्रिस्चियन धर्मगुरु फ्रायर डिएगो दे लान्दाका अनुसार दक्षिण अमेरिकाको युकातानमा असंख्य मन्दिर र मूर्तिहरू रहेका थिए । यसबाटै थाहा हुन्छ कि मायनहरू पनि हिन्दुले जस्तै धेरैथरी देवता मान्थे । त्यही एक ब्रह्मको सगुण रूप धेरै देवतामा देखिन्छ भन्ने उनीहरूको विश्वास थियो ।

मायनहरूले देवताको मात्र मूर्ति नबनाएर जनावर र कीराहरूको पनि बनाएका थिए । उनीहरू आत्माको अमरता र परलोकमा विश्वास गर्थे । जनावर, पत्थर, रुख र नदीहरूमा पनि आत्मा हुन्छ भन्दै उनीहरू पूजा गर्थे र पवित्र मान्थे ।मायन सभ्यतामा वैदिक धर्मको हल्का छायाँ थियो भन्ने कुरा केही शब्दबाट पनि थाहा लाग्छ । हाम्रो तन्त्रशास्त्रमा चलेको कुण्डलिनी भन्ने शब्द कुल्तुनलिल्नीका रूपमा माया सभ्यतामा प्रयोग हुन्थ्यो । कुल्तुनलिल्नीले दैवी शक्ति जनाउँथ्यो जसको जीवनशक्तिले मानवीय विकास सम्भव छ । हिन्दु धर्ममा पनि मानवभित्र रहेको जीवनशक्तिलाई श्वासको मद्दतले नियन्त्रण गरेर दैवी शक्ति जगाउने विश्वास गरिन्छ ।हाम्रो योग माया सभ्यताको योकहाहसँग मिल्न जान्छ । योक भन्नाले माथि र उच्च भन्ने अर्थ लाग्छ भने हाह भन्नाले सत्य भन्ने अर्थ लाग्छ । उच्च तहको सत्यलाई साक्षात्कार गर्नका लागि योग नै उत्कृष्ट माध्यम हो । ऊर्जा र अन्तरीक्षविज्ञानलाई बुझ्न योकहाहको अध्ययन आवश्यक हुने मायनहरूको विश्वास थियो ।

त्यस्तै हिन्दु आयुर्वेद र मायनहरूको औषधीविज्ञानमा पनि समानता भेटिन्छन् । मायनहरूले शरीरको स्वास्थ्यका लागि मानसिक उपचार पनि महत्वपूर्ण हुने कुरा मान्छन् । मन र शरीरको निकट सम्बन्धका बारेमा उनीहरू जानकार थिए । आफ्नै वरिपरि उपलब्ध स्रोतसाधनबाट उनीहरू शल्यक्रिया गर्थे । जटिल शल्यक्रिया विधिहरू आयुर्वेदमा उल्लेख भएजस्तै उनीहरूका ग्रन्थमा पनि उल्लेख थिए ।त्यसैगरी कोका लगायतका जडीबुटीको प्रयोग गरेर रोग निको पार्ने कुरामा पनि मायनहरू पोख्त थिए । आयुर्वेदले जडीबुटीलाई महत्व दिएजस्तै उनीहरू पनि प्राकृतिक जडीबुटीमा विश्वास गर्थे ।