फोक्सोको क्यान्सर गूगल एआईले पत्ता लगाउने

प्रकाशित मिति:

एजेन्सी –गूगलका वैज्ञानिकहरूले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स मोडल विकसित गरेका छन् । एक्सपर्ट डाक्टरहरूको तुलनामा छिटो र राम्रो तरिकाले फोक्सोको क्यान्सर यसबाट पत्ता लाग्ने गूगल वैज्ञानिकहरूको भनाइ छ ।

अनुसन्धानकर्ताले आर्टिफिसियल इन्टेलिजेन्सको एक रूप डीप लर्निङले फोक्सोमा भएका प्राणघातक क्यान्सरको उपस्थितिलाई छिटो र राम्रो तरिकाले पत्ता लगाउँछ । विज्ञ रेडियोलोजिस्टको तुलनामा यो अगाडि रहेको उनीहरूको भनाइ छ ।डीप लर्निङ सिस्टममा पहिले गरिएको सीटी स्क्यान र आवश्यकता पर्दा बिरामीबाट इन्पुटका रूपमा फेरि सीटी स्क्यान गरेर दुवैको उपयोग गर्छ ।तर नयाँ सिस्टमको क्लिनिकल जाँच आवश्यक छ । यसले वासतवमै काम गर्ने हो फोक्सोको क्यान्सर भएका मानिसलाई राम्रो र शीघ्र उपचार उपलब्ध हुनेछ ।