फेवातालको संरचना हटाउन अल्टिमेटम

प्रकाशित मिति:

पोखरा -फेवातालको ६५ मिटर मापदण्डभित्र बनेका स्थायी तथा अस्थायी संरचना हटाउन पोखरा महानगरपालिकाले बिहीबार सूचना जारी गरेको छ । महानगरले १५ दिनभित्र संरचना हटाउन अल्टिमेटम दिएको हो । अटेर गरी त्यस्ता संरचना नहटाएमा महानगरले हटाउने र उक्त खर्च सम्बन्धित व्यक्तिबाट नै असुर उपर गर्ने महानगरले जनाएको छ ।

महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले ड्यामसाइडदेखि गैह्राको चौतारा खपौंदीसम्मको संरचना हटाइने बताए । उनले भने, फेवाताल वरपर के कति संरचना छन् भने एकिन गरी पठाउन सम्बन्धित वडालाई पत्राचार भइसकेको छ ।