गुडिरहेको जिपबाट हाम फाल्दा बैतडीमा एकको मृत्यु

प्रकाशित मिति:

बैतडी-बैतडीमा जिपबाट खसेर एक जनाको मृत्यु भएको छ । गुडीरहेको गाडीबाट एक्कासी हाम फालेका ४० वर्षीय राज कोलीको मृत्यु हो ।उनी पञ्चेश्वर गाउँपालिका ६ का स्थायी बासिन्दा हुन् । उनको बिहीबार बेलुका मृत्यु भएको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिएका छन् ।

मे १ ज ११९ नम्बर जिपमा बसेर गिरेगडाबाट देहीमाडौं गईरहेका उनको पार्सा भन्ने ठाँउमा पुगेपछि हाम फालेका हुन् । घटनापछि जिपका चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।