ट्याक्टर दुर्घटनामा परी २ को मृत्यु, एक घाइते

प्रकाशित मिति:

रुकुम-रुकुमपूर्वको भुमे गाउँपालिका ७ बालुवामा ट्याक्टर दुर्घटना हुदाँ दुईको मृत्यु भएको छ। मृत्यु हुनेमा सिस्ने ४ अमलाचौरका रामचन्द्र बाहोरा र कुम पश्चिम त्रिवेणी ५ का लक्ष्मण ओली रहेका छन् । रामचन्द्रको घटनास्थालमै र लक्ष्मणको उपचारका क्रममा जिल्ला अस्पताल रुकुम पश्चिममा मृत्यु भएको हो।

भुमेको देउखोलाबाट सिस्ने गाउँपालिका ५ रुकुमकोटतर्फ आउँदै गरेको ग १ त २५९२ नम्बरको ट्याक्टर सानीभेरीमा खस्दा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा एक गम्भीर घाइते छन्। घाइते हुनेमा पुथाउत्तरगंगा गाउँपालिका ४ का कृष्ण रसाइली रहेका छन्। रसाइलीको जिल्ला अस्पताल रुकुमपश्चिममा उपचार भइरहेको छ ।