न्यूयोर्कमा एनआरएनका पूर्व अध्यक्ष शेष घले तथा जमुना गुरुङ घलेलाई भब्य स्वागत

१० जेष्ठ २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
62 Shares


अमेरिका –गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रियका पूर्व अध्यक्ष शेष घले तथा वहाकी जीवन संगिनी जमुना गुरुङ घलेलाई अमेरिकाको न्यूयोर्कमा भब्य स्वागत गरिएको छ ।घले दम्पत्ति अस्ट्रेलियाबाट सोझै न्यूयोर्क स्थित जोन एफ केनेडी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । आगामी शनिबार र आइतबार मे २५ र २६ का दिन युनाईटेड नेप्लिज एसोसिएसन युएनए सम्मेलनको लागि सहभागी हुन् बिशेष अतिथिको रुपमा न्यूयोर्क आएका हुन् ।

युएनएको चौथो सम्मेलनमा भाग लिनको लागि दम्पत्ति आउदा विमानस्थलमा आयोजकहरु तुल सहित स्वागत गर्न पुगेका थिए । विमानस्थलमा सम्मेलन मुख्य संयोजक सोनाम लामा ,युएनएका संस्थापक पासांग लामा ,उप सयोजक पवन योञ्जन ,संस्कृतिक कार्यक्रमका संयोजक सुमन बुढा मगर ,आयोजक समितिका विभिन्न पदमा रहेका पुरुष,महिलाहरु तथा विभिन्न व्यक्तिहरु बिमान स्थलमा पुगी खादा लगाई स्वागत गरेका छन् ।गत बर्ष २०१८ मा पनि घले दम्पत्ति टेक्सस राज्यमा सम्पन्न तेश्रो युएनए सम्मेलनमा सहभागिता जनाएका थिए । यस पटक पनि एनआरएन बिश्वका पूर्व अध्यक्ष शेष घलेले आफ्ना उत्प्रेरणादायी कथा सुनाउने छन् । साथै युवाहरु संग अन्तरक्रिया समेत गर्ने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया